Temprature area temprature of nepal
Css MAGIC
Download News in PDF
Promotion content
लुम्बीनी अाचल भेला सम्पन्न

राजु घिमिरे
क्वलालम्पुर
आम प्रवासी एक हौ आफ्नो अधिकारको खोजी गरौ ! श्रमीक बाट मालिक बनौ श्रम शोषणको अन्त्य गरौ । भन्ने मुल नाराको साथ लुम्बिनी अाचलबासी श्रमीकहरुले अगष्ट १० तारिखको दिन ब्यापक भेला गरेका छन । लुम्बिनी अाचलको ६ वटा जिल्लालाई समेट्ने गरि आफ्नो श्रम सीप र श्रोतलाई प्रयोग गर्दै निश्चित कोष खडा गर्ने उक्त भेलाले निर्णय गरेको छ । मलेसियाको क्वालालम्पुर स्थित प्रदेशी रेष्टुरेन्टको तेस्रो तलामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रमको अध्यक्षता विष्णु न्यौपानेले गर्नु भएको थियो । आयोजित कार्यक्रममा प्रमुख अथिती प्रवासी मगर संघका अध्यक्ष खुम राना मगरले गर्नु भएको थियो । अथितीहरुमा नेपाल श्रमीक संगठनको तर्फबाट यम प्रसाद भट्टराई ऋषी भट्टराई र श्रम साप्ताहिक प्रतिनिधी हिमलाल पाण्डे रहनु भएको थियो । आयोजित कार्यक्रमलाई सम्सोधन गर्दै लक्ष्मण सुवेदीले स्वगत मन्तब्य दिनु भएकेा थियो । कार्यक्रमको दोस्रो चरण सम्पूर्ण सहिद हरु को नाममा एक मिनेट मौन धारण गरिएकेा थियो । कार्यक्रमको तेस्रो चरणमा प्रमुख अतिथी खुम राना मगर बाट ब्यानर खोली भेलाको उद्घाटन गर्नु भएको थियो । मन्तब्यको क्रममा ट्रेड युनियन जिफन्ट ग्रुपबाट विष्णु रेग्मी उपस्थित श्रमीकको तर्फबाट भरत वाग्ले प्रमुख अतिथी खुम राना मगरले दिनु भएकेा थियो । कार्यक्रममा बोल्दै आम प्रवासी श्रमीकहरु एकताको झण्डा मुनि गोलबन्द भई लुम्बिनी अाचल मात्र नभई सम्पूर्ण कुरा देशलाई एकतामा बाधिना आह्वान गर्नु भएकेा थियो । उक्त कार्यक्रमको संाचालक पदम रानाले गर्नु भएकेा थियो । कार्यक्रमको अन्तिम मन्तब्य भेला संयोजक विष्णु न्यौपानेले गर्नु भएकेा थियो । उक्त भेलाकेा उद्देश्य र विधानको बारेमा स्पष्ट पार्नु भएकेा थियो । कार्यक्रमको अन्यमा बन्दसत्रमा ६ वटै जिल्लालाई प्रतिनिधित्व हुने गरि राजु घिमिरेको अध्यक्षतामा १९ सदस्य कमिटि गठन गरेको छ ।
अध्यक्ष ः- पदम राना रुपन्देही उपाध्याक्ष ः- अशोक जिसी पाल्पा सचिव ः- लक्ष्मण सुवेदी नवलपरासी ४ सह सचिव ः- मधुकर खड्का कपिलबस्तु कोषाध्यक्ष ः- कासीराम खनाल अर्घाखाची सदस्यहरुमा राजु घिमिरे अर्घाखाची दिव्य गुरुङ्ग रुपन्देही भरत वाग्ले नवलपरासी परशुराम जिसी अर्घाखाची उमेश चौधरी कपिलवस्तु तुलसी पन्थी गुल्मी राम वहादुर कुवर पाल्पा नेत्र पाण्डेय गुल्मी दधीराम न्यौपाने नवलपरासी पवन केसी रुपन्देही गणेश सारु मगर अर्घाखाची सल्लाहकारहरु विष्णु रेग्मी गुल्मी यम प्रसाद भट्टराई नवलपरासी उक्त समितिको पहिलो बैठक यही अगष्ट ३१ तारिखको कोतारायाको नमस्ते पसलमा बस्ने कुरा यही समाचारमा सुचित गरिन्छ ।




2008-08-23

 
Whats new!
All the contents belongs to nepalmalaya.com