Temprature area temprature of nepal
Css MAGIC
Download News in PDF
Promotion content
पेनाङ्गमा धौलागिरी अंचल बासिको क्षेत्रिय भेला भेला सम्पन्न ।

गत ०३-०८-२००८ को दिन आईतबार पेनाङ ईन्द्रबासि स्थित धौलागिरी र आई एम ई बैंक भएको भवनमा क्षेत्रीयस्तरको भेला सम्पन्न भएको छ । धौलागिरीबासि एकभई जुटौ सहयोग र सदभावको भेला राखौँ भन्दै सम्पन्न भएको भेलामा उत्साहित जोश जाँगरका साथ सयौको संख्यामा पेनाङ्ग क्षेत्रभित्रका धौलागिरी अाचलवासि बिभिन्न तह र तप्काका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम भेलामा उपस्थित ब्यक्तिहरुको परिचात्मक क्रमबाट शुरु भएको थियो भने कार्यक्रमलाई शसस्त्र जोश र जागरका साथ वीरबहादुर घर्तिमगरले साचालन गर्नुभएको थियो । भेलामा उपस्थित अधिकांश व्यक्तिहरुले आफ्नो भनाई राख्ने क्रममा प्रवासी जीवनको दुःखदायी पीडाको स्मरण गराउदै हुँदा पनि हामीहरुमा यस्तो सोचको बिकाश नभएको भन्दै संगठित हौँ भन्ने सोच राख्ने व्यक्तिहरुलाई प्रशंसा गर्ने तर्फ समय खर्चिनु भएको थियो । भेलाले भावि कार्यक्रम र रणनिति तयार गर्नको लागी ५ सल्लाहकार सदस्यसहित १७ जनाको कार्यसमिति गठन गरेको छ । तदनुसार संयोजक एन। बी। पुन बाग्लुङ्ग उपसंयोजक बासुदेब शर्मा म्याग्दी कोषाध्यक्ष वीरबहादुर घर्तिमगर बाग्लुङ्ग सचिब केशब पराजुली पर्वत सहसचिव राजेन्द्र अधिकारी बाग्लुङ्ग सदस्यहरु हिरा छन्त्याल छत्रराज शर्मा बलबहादुर बिश्वकर्मा म्याग्दी नरबहादुर श्रीस बाग्लुङ्ग यम नारायण श्रेष्ठ पर्वत गंगाधर साप्कोटा बाग्लुङ्ग घनश्याम श्रीस म्याग्दी लोकबहादुर छन्त्याल बाग्लुङ्ग तोउप्रसाद गुरुङ्ग पर्वत दुर्गाप्रसाद साप्कोटा बाग्लुङ्ग रहेका छन भने प्रेमबहादुर भण्डारी सन्तबहादुर थापा भीमबहादुर श्रीस मगर योगेन्द्र ढकाल रमेश श्रीस सल्लाहकार समितिमा रहेका छन् ।
कार्यसमितीको तत्कालीन बैठक १०-०८२००८ का दिन हुने घोषणा गरेको छ । समाचार सप्रेषण - प्रेम बहादुर भण्डारी



2008-08-23

 
Whats new!
All the contents belongs to nepalmalaya.com