Promotion content

माओवादी समर्थित मोर्चा विज्ञप्ती सार्वजानिक
नेकपा माओवादी समर्थित नेपाल प्रगतिशिल श्रमिक मोर्चा मलेसियाले २० अगष्ट २००८ को दिन एक विज्ञप्ती प्रकाशीत गरी तत्काल मलेसिया इन्चार्ज र सह इन्चार्ज नेपाल फर्कनुपर्ने भएकोले क। सुनिल चालिसेलाई कार्यवाहक इन्चार्जको रुपमा तोकिएको जनाएको छ ।
मोर्चा सचिवालयको आकस्मिक बैठक बसी उक्त निर्णय गरिएको हो । उक्त निर्णयसँगै मलेसियामा कि्रयाशिल सम्पूर्ण संघसंस्थासँग कार्यगत एकताको पहल गर्नको लागि अध्यक्ष श्याम भण्डारीको संयोजकत्वमा एक वार्ता टोली पनि बनाएकेा छ । विगत लामो समयदेखि माओवादीको नाममा मजदुरहरुलाई उकास्दै ठग्दै र शोषण गर्दै आएका ठगका नाइके रमेश पण्डित उर्फ तुफानसँग सतर्क हुनको लागि सम्पूर्ण नेपाली महानुभावहरुलाई अनुरोध गरेको पनि विज्ञप्तीमा जनाइएको छ । नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिवेश खोज्दै क्रान्तिकारी आडम्बर खोक्दै नेपाली समूहलाई विभिन्न बहानामा ठग्दै आएका तुफान र उसका केही भरौटेहरुसँग जोगिनको लागि सम्पूर्ण क्रान्तिकारी विचारसँग आवद्ध नेपालीहरुलाई अनुरोध गरिएको छ ।
मलेसियामा सम्पूर्ण नेपालीहरुको आस्थाको धरोहर नेकपा माओवादीको भातृसंगठन नेपाल प्रगतिशिल श्रमिक मोर्चामा आवद्ध भई नक्कली माओवादी तुफान एण्ड कम्पनीको भण्डाफोर गर्ने कार्यमा सरिक हुन र वामपन्थी धु्रविकरणलाई अझ प्रगाढ बनाउन हार्दिक अनुरोध गर्दछौ भने प्रेस विज्ञप्तीमा जनाएका छन् ।
2008-08-23

Whats new!

All the contents belongs to nepalmalaya.com