Temprature area temprature of nepal
Css MAGIC
Download News in PDF
Promotion content
फूर्तेम्बा दुर्घट्नामा, स्वीजरल्याडको लुजान शहरको मेयर संग भेटघाट

विश्व शान्ति र वातावरण संरक्षणको सन्देश लिएर विश्व साइकल यात्रामा निस्किएका साइकल यात्री श्री फूर्तेम्वा शेर्पालाई स्वीजरल्याण्ड र इटालीको सीमामा अवस्थित सीमावर्ती शहर भारेजेमा बसोवास गर्ने नेपालीहरुले एक स्वागत कार्यक्रम गर्यो। त्यस्तै गरि लुगानो, बलिनजोना, लुजर्न, तथा यस देशको राजधानी शहर वर्नमा पनि शेर्पालाई स्वागत गरेका थिए।
हालसम्म ३७ बटा देशको यात्रा गरिसकेका शेर्पाले स्वीजरल्याण्डको साइकल यात्रामा केही नौला अनुभवहरु संगाले छन्। आफैले कल्पना गरेजस्तो पहाडै पहाडको देश भएता पनि साइकल यत्रा गर्दा विश्वको सबैभन्दा समथर देश स्वीजरल्याण्डका लाग्यो। किनकी अग्ला डाडाहरु छेड्दै बनाएका सुरुङमार्गहरुको प्रयोगले पहाडी मार्गमा साइकल चलाउने अवसर मिलेन
नेपालीहरु संग भेटघाट गर्नुका साथै राजधानी शहर वर्नमा रहेकेा अन्तर्राष्ट्रिय ओलम्पिक संग्राहलयको भ्रमण पनि गरेका थिए। सो अवसरमा शेर्पालाई संग्राहलयका अधिकारीहरुले स्वागत गर्दै साइकल सहित संग्रालयको भ्रमण गराएका थिए।

लुजानमा वसोवास गर्दै आएका नेपाली मित्र श्री हरी वस्नेतको सक्रिय सहयोगमा २५ जूलाईका दिन उहांले लुजान शहरको मेयर डालियल वेरेलाज संग पनि भेटघाट गर्नुभयो। शेर्पाको महान उद्देश्यबाट आफै प्रभावित भएको बताउदै मेयरले उहांको आगामी यात्राको पूर्ण सफलताको शुभकामना सहित प्रशंसापत्र प्रदान गर्नु भयो।

फूर्तेम्बालाई प्रेसको क्षेत्रमा वेलायतबाट सहयोग गर्ने तथा उनका वेभसाइट निर्माण तथा अफडेट गरि दिने विश्वासदीप संग उनको सम्वाद अनुसार स्वीजरल्याण्ड प्रवेशको क्रममा उनलाई पछाडिबाट ट्रकले हिर्काउदा उनी सडकमा पछारिएका थिए तर भाग्यवस सडकको अर्कोपटि्ट लड्नाले उनको तिघ्रा र पाखुरामा मात्र सामान्य चोट लागेको छ। सामान्यतया धेरै विश्व साइकल यात्रिहरु दुर्घट्नामा पर्ने गरेको इतिहास पाइन्छ त्यसैले यो कामलाई साहसिक काम मानिन्छ।


सुजाता पराजुली, जेनेभाबाट




2008-08-03

 
Whats new!
All the contents belongs to nepalmalaya.com