Temprature area temprature of nepal
Css MAGIC
Download News in PDF
Promotion content
संघिय लोकतान्त्रिक राष्ट्रिय मंच वेलायतको स्थापना

सुहिम याक्थुङ, केन्टबाट
वेलायतको डोनकास्टरमा गत २६ जूलाईको दिन चुडामणि लिम्बूको सक्रियतामा बसेको भेलाले संघिय लोकतान्त्रिक राष्ट्रिय मंच वेलायत शाखा निर्माण गरेको छ। संविधान सभा निर्वाचनमा २ जना सभासद जिताउन सफल यस मंचको नेतृत्व कुमार लिङदेनले गर्दै आएका छन्। यस मंचको ५ सदसीय अध्यक्ष मण्डल रहेको छ। प्रत्यक ६ महिनामा सदस्य मण्डलबाट पालैपालो अध्यक्ष बन्छन्। डि. के. बुद्धिष्ट तामाङ, लक्ष्मण थारु, कमल छाराहाँङ, विष्णु राई मण्डलमा रहेका छन्।

नयाँ बनेको २५ सदसिय वेलायत समितिको अध्यक्ष चुडामणि लिम्बू, उपाध्यक्ष प्रथम राजेशकाजी गुरुङ, उपाध्यक्ष दोस्रोमा धनबहादुर थापा मगर, सचिव विवस राई, सहसचिव रिना वाइवा तामाङ, कोषाध्यक्षमा बुद्धहर्क लावती, सदस्यहरुमा रत्न राई, हर्कजङ्ग कुरुम्बाङ, राजेन्द्र गुरुङ, तेजबहादुर पुन, मिलन तामाङ, सूर्यबहादुर लिम्बू, प्रमिला देवान, अग्निप्रसाद केदेम, कृष्ण चाम्लिङ, जितेन लिम्बू, कमानसिं गुरुङ, याम पन्धाक, राजेन्द्र नेम्बाङ, भरत गोले तामाङ, पूर्णचन्द्र लिम्बू, विमला नेम्बाङ, जानुका इङनाम, पुष्पा खापुङ, ललिता सुब्बा रहनुभएको छ।

नवनिर्वाचित अध्यक्ष लिम्बूका अनुसार नयाँ बनेको मंचले राजनैतिक संचेतनाको कार्यक्रम ल्याउने र सामाजसेवा मूलक कार्य गर्ने बताउनु भएको छ।


थप जानकारी http://federalnepal.org/





2008-08-03

 
Whats new!
All the contents belongs to nepalmalaya.com