03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















NEWS



मलेसियामा नुमाफुङ आउने



लिम्बू जातिको सुनौलीरुपौलीलाई आधार बनाएर तयार पारिएको चलचित्र नुमाफङ अब मलेसियामा चाडै प्रदर्शन हुन लागेको छ । विभिन्न अवसरमा पुरस्कृत चलचित्र नुमाफुङ एउटा फरक तथा हेर्नैपर्ने चलचित्र भनिएको छ । काजिमान कन्दङ्वाको कथा घरबार कि कारोबारबाट फिल्माङ्कन गरिएको उक्त चलचित्रका निर्देशक नविन सुब्बा हुन् ।

छविलाल हाङश्रोङद्धारा निर्माण भएको नुमाफुङमा अनुपमा सावदेन, निङ्वाहाङमा सावदेन, आलोक नेम्बाङ, प्रेम सुब्बा, रमेश सिङ्गक, राज थापा, राममाया तुम्रोकले अभिनय गरेका छन ।
मलेसियाको लागि किरात याक्थुङ चुम्लुङ र पाचथर मलेसिया सम्पर्क मञ्चले प्रदर्शनको लागि जिम्मा लिएको छ भने प्रदर्शन संयोजक कृष्ण आङ्देम्बेले सम्पूर्ण कागजातहरु तयार पारिसक्नुभएको छ । चलचित्र मलेसियाभर प्रदर्शन गरिनेछ ।

अध्यक्ष तमूको बिदाई



मलेसियाको सकि्रय संस्था नेपाल तमू समाजका अध्यक्ष बल तमू आफ्नो कम्पनीको कार्यकाल पूरा भएको कारण संस्थाबाट बिदा लिनुभएको छ ।
पोखराको रमणीयस्थल धम्पूसमा जन्म लिनुभएका तमू भूतपूर्व इण्डिया आर्मी हुन् । पाँचवर्ष अगाडि मलेसिया भित्रिएका तमूले नेपाल तमू समाजको स्थापनाकालदेखि नै सकि्रय रही सदस्य तथा कार्यसमितिका जिम्मेवार पदाधिकारी हुँदै अध्यक्ष सम्हाल्न पुगेका थिए । उहाँको सकि्रयतामा मलेसियामा धेरै कार्यक्रमहरु सम्पन्न भएका छन भने उहाँको सम्पादकत्वमा प्रवासी तमू आवाज नामक वार्षिक पत्रिका पनि प्रकाशित भईरहेको थियो । वार्षिक कार्यक्रम ल्होछारको संयोजन गरी कार्यक्रमको सिडी प्रकाशन चलचित्र प्रदर्शनमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो ।
विदाई कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष केश तमूले गर्नभएको थियो भने अतिथिहरुमा नेपाल तमू समाजको सल्लाहकार कर्मा तमू बल बहादुर तमू कास्की सम्पर्क माच परिवारका चेलीहरु रहेका थिए ।
नेपाल तमू समाजका सांस्कृतिक कार्यक्रम संयोजक अगम तमू कलाकार अरमन तमू सुमन तमू ओम तमू छवि तमू इन्द्र थापा मगर रविना तमूस्यो बदि्रका तमूस्योले विदाई मन्तव्य दिनुभएको थियो । र सल्लाहकारहरुबाट खादा ओढाई उहाँको कार्यकालको सम्मान गरेका थिए ।
उहाँको विदाईपश्चात अध्यक्षको रिक्त पदमा समाजको भूपू कोषाध्यक्ष याम तमूलाई नियुक्त गरिएको छ । त्यसैगरी उपाध्यक्ष केश तमू सचिव छवि तमू सहसचिव सूमन तमू कोषाध्यक्ष मोहन तमू रहेका छन् । कार्यक्रमको सभापतित्व गरिरहेका उपाध्यक्ष केश तमूले भूतपूर्व हुनुभएका बल तमूलाई शुभयात्रा तथा नवनियुक्त अध्यक्ष याम तमूलाई बधाई तथा सपथ ग्रहण गराउनु भएको थियो ।
जयन्ता प्रसाई नेपाली वेभ पत्रकारिता पुरस्कार साहित्य मंचलाई



गत जुन ३ तारिखका दिन अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस बर्षको जयन्ता प्रसाई नेपाली साहित्य वेभ पत्रकारिता पुरस्कार २००८ यस बर्ष अनलाइन नेपाली साहित्य माचद्धारा संचालित www.sahityaGhar.com का सम्पादक विश्वासदिप तिगेलालाई प्रदान गर्ने घोषणा गरेको छ ।

आगामी जुलाई ३ मा अनेसासले अमेरिकामा आयोजना गर्ने कविता महोत्सवको अवसरमा सम्पादक तिगेलालाई नगद अमेरिकी डलर २ सय र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको कुरा पुरस्कार छनौट समितिका अध्यक्ष सुमनराज तिमसिनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विश्वभर छरिएर रहेका डायस्पोरिक नेपाली स्रष्टाहरुलाई ध्यानमा राखि बिशेष प्रकारले डिजाइन तथा संचालन गरिएको यस वेभ पत्रिका २०६२ भाद्रबाट शुरु भएको हो । केही महिना अघि मात्र विश्व वेभ क्याम कविता प्रतियोगिता २००८ सम्पन्न गराएको यस वेभसाइटले विश्वभर आफ्नै परिचय कमाएको छ । यस साइटभित्र सम्पूर्ण नेपाली साहित्य राखिएको छ ।



राजकुमार दाहाल



Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-