03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















FRONT NEWS WITH TABBED BUTTON

नेपाली भेटघाट साँझ सम्पन्न

यहि जुलाई २६ तारिखका दिन मलेसियामा रहेका केहि व्यक्तिहरुको पहलमा नेपाली भेटघाट साँझको आयोजना गरियो । कार्यक्रम आयोजक समुहमा नीलोफर इयामो संयोजक सुजाता श्रेष्ठ कर्मा गुरुङ्ग डा। मीन श्रेष्ठ सुरेश मानन्धर अखिल सुबेदी रहनुभएको थियो ।
क्वाललाम्पुर स्थित होटल मलायाको दशौं तल्लामा सम्पन्न उक्त कार्यक्रममा नेपाल दुतावासबाट राजदुत डा। ऋषि अधिकारी लगायत अन्य सदस्यहरु नेपाली मुलका मलेसियन नागरिकहरु पत्रकार ब्यापारी तथा सर्वसाधारण नेपालीहरुको उपस्थिति रहेको थियो । साँझ साढे सात बजेबाट ुयो नेपाली शिर उचाली…ु स्वागत गानबाट शुरु गरिएको कार्यक्रममा मलेसियामा सकि्रय एचएसी ब्यान्ड तरेली संस्कृति समूह तथा तमू समाजको सांस्कृतिक टोलीले विभिन्न गीत संगीत तथा नृत्यहरु प्रस्तुत गरेको थियो ।
कार्यक्रमकी संयोजक नीलोफर इयामोले उपस्थित सबै अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा मलेसियाका लागी नेपाली राजदुत डा। ऋषि अधिकारीले आफ्नो स्वागत मन्तव्यमा मलेसियामा अन्य देशबाट आएका प्रवासीहरु भन्दा नेपालीहरुलाई तुलनात्मक रुपमा बढी इज्जत र माया गर्ने गरेको पाएको र यसलाई अझ कायमै राख्नु पर्ने बताउनुभयो । उहुले मलाया तथा गोर्खाको निकै पुरानो सम्बन्ध रहेको कुरा पनि बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा ुगैर आवासिय नेपालीुका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनले नेपालीहरुले नेपालको लागि केहि गर्नुपर्ने बताउदै एकताबद्ध भएर काम गरियो भने अबको दस बर्षमा नेपाललाई विकसित मुलुक बनाउन सकिने बताउनुभयो ।
गैर आवासिय नेपाली एनआरएन मलेसिया शाखालाई व्यवस्थित गर्न जापान देखि मलेसिया आइपुग्नु भएका हिराचनले मलेसियाका नेपालीहरुको बीचमा आफूलाई पाउदा भाग्यमानि महशुस गरेको बताउनुभयो ।
कार्यक्रमको प्रमुख प्रायोजक तथा मलेसियाको दुरसाचार क्षेत्रमा अग्रनि स्थान ओगट्न सफल डिजी कम्युनिकेशनका विदेश विभाग प्रमुख तान ओङ केतले धेरै नेपालीहरुको बीचमा आफ्नो प्रतिनिधित्व हुन अत्यन्तै खुशिको कुरा हो भन्दै नेपाली उपभोक्ता र डिजी बीचको सहकार्य अझै प्रगाढ बनोस भन्नुभयो ।
कार्यक्रममा नेपाली मुलका मलेसियन नागरिक भक्तबहादुर राना विनोद राई शंकरबहादुर सुनिल चालिसे लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
हिमालयन रेष्टुरेन्टमा पाकेको नेपाली मःमः लगायत सेलरोटी फिनी रोटी आलुको अचार केराको अचार लगायतका परिकारहरु कार्यक्रममा उपस्थित अतिथीहरुलाई बाडिएको थियो । कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई प्रमाण पत्र तथा उपहार वितरण गरिएको थियो ।
कार्यक्रम आयोजक मध्येका एक डा। मिन श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथीहरुलाई उपस्थितिको लागी धन्यवाद चढाउनु भएको थियो भने कार्यक्रम साचालन सागर प्याकुरेलले गर्नुभएको थियो ।

Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-