03 Aug 2008
माओवादी सेनालाई तलब खोइ
काठाडौं÷नेकपा माओवादी सान

03 Aug 2008
सात राजनीतिक दलको लिम्बुवान मोर्चा
काठमाडौंैं÷सात राजनीतिक द
Main Menu


Our City

  About Us







 Add Banners



















FRONT NEWS WITH TABBED BUTTON

१८ बुदे श्रमिहरुका समस्यासहित

श्रमिकका लागि जनचेतन मुलक अभियान भन्ने मुलनारा लिएर आजभन्दा २ महिना अगाडी देखि मलेशियाव्यापी रुपमा अभियान संचालन गर्दै हिडेको टोली २००८-७-२९ तारीकको दिन ठिक ३ बजे नेपालदुताबास पुगेको थियो । टोलीले हाल मलेशियामा नेपाली श्रमिकहरुले भोग्नुपरेका समस्याहरुका बारेमा नेपालि राजदुत डा।ऋिषिराज अधिकारी समक्ष्य श्रमिकहरुका समस्या पेस गर्दै बुदागत रुपमा छलफल अन्र्तकि्रया समेत गरेको थियो । दिउसो ३-३० देखि ६ बजेसम्मा राजदुत ऋिषिराज अधिकारी र टोलीबिच लामो छलफल भएको कुरा टोली प्रमुख संयोजक चुर्णबहादुर वलिले बताउनुभएको थियो । टोलीले मलेशियामा रहेका लाखौ श्रमिकहरुले भोग्नुपरेका हजारौ समस्यालाई मध्यनजर गर्दै नेपाली दुताबासको ध्यान आक्रशन गराएको थियो ।
सोहि क्रममा उक्त टोलीलाई श्रीषी अधिकारीले छलफलको पहिलो चरणमा धन्यबाद र बधाई दिनुभएको थियो । त्यसपछि लिखित रुपमा लिईएका १८ बुदाहरुमा बुँदागत रुपमा टोलीका संयोजक चुर्णबहादुर वलिले पेश गर्दा बुँदागत रुपमा छलफल हुँदा नेपाली राजदुत ले यी सबै बुदाहरु श्रमिक हरुको हक र अधिकारको अत्यन्त महत्वपुर्ण भएको भन्दै टोलिलाई यि बुदाहरु सबै नेपाल सरकार समक्ष्य दुताबासको चिठ् सहित नेपालको प्रधानमन्त्रिसमक्ष ज्ञापन पत्रसहित बुझाउने बचन दिनु भयो । टोलीले अबको १ महिना पश्चात नयाँ नेपालको पहिलो प्रधानमन्त्रि समक्ष्य ज्ञापन पत्र सहित श्रमिकहरुका माग लिएर नेपाली मजदुरहरुका लागि विभिन्न क्षत्रहरुबाट लड्दै आएको मलेशियामा स्थापित अर्थात नेपालको बलियो महासंघको रुपमा स्थापित नेपाल ट्रेडयूनियन महासंघ जिफन्ट सर्पोटग्रुप मलेसिया र रा।अ।स।स।sाे संयूक्त आयोजनामा नेपालमा बिशाल पत्रकार सम्मेलनको आयोजना गरी नेपाल सरकार र सो का मातहतमा रहेका बिभिन्न सरकारी निकायसमक्ष उक्त ज्ञापन पत्र बुझाउने प्रतिबद्धता गरेको थियो । छलफलकै क्रममा राजदुतले नयाँ यामोहिका लागि आफुले अझै हस्ताक्षर नगरेको बिभिन्न निकाय समक्ष आफु पुगेको र यहि अगष्ट १३ तारीकका दिन मलेशियाका प्रधानमन्त्रि समक्ष्य गएर सबै समस्याहरु राख्ने र नयाँ यामोहिका लागि बिस्तृत छलफलपछि दुबै देशको नयाँ समझौतामा हस्ताक्ष्यर गरनेकुरा डा। अधिकारीले बताउनेभएको थियो । लामो छलफल पछि राजदुतले प्रवासी नेनपाली कामदारहरुको लागि नेपाल सरकारले तत्काल लागुहुनेगरी गर्नु पर्ने मागसमेतको सुझाव सन्देश भिडियो क्यामरामा रेर्कडिङ्ग गरिने गरी महत्वपुर्णा श्रम सन्देश दिनुभएको थियो । उक्त सन्देस सदियौ देखि बिदेशमा छरिरहेका नेपाली श्रमिकहरुको हक र अधिकारका लागि उतीश्रहानीय रहेको र उक्त सन्देश एक महिना भित्र मलेशियाब्यापी रुपमा सि।डी।मार्फत श्रमिक हरुका माझ ल्याउने कुरा टोलीका सद्स्य कामरेड बिष्णु रेग्मि ज्यू ले बताउनुभएको थियो । टोलीले नेपाली राजदुत मार्फत दिएका सन्देश र सो दिनको भेटबार्ता एतिहाँसिक रहनेकुरा जनाएको छ । टोलीले राजदुत अधिकारीलाई श्रमिकका समस्याहरु यसरी राख्ने समय दिएकोमा स।सम्मान धन्यबाद दिएको थियो । अन्त्यमा उक्त टोलीले समिली एक सन्देश रेकर्डिङ्ग गरिरहेको थियो । सो कार्यक्रममा निम्ना बुँदाहरुमा छलफल गरिएको थियो ।
१- मलेशियामा कामदार पठाउँदा नयाँ श्रम सम्झौता गरे मात्र नेपाली कामदारहरु पठाउँने ।
२-हाल मलेशियामा रहेका सबै गैर कानुनि रुपमा काम गर्दै आएका नेपाली कामदारहरुलाई स।सम्मान नेपाल फर्काउने ब्यवस्था मिलाउनुपर्ने ।
३-नेपालदेखि मलेशिया सम्मा लुकी छिपी श्रमिकहरुलाई अलपत्र पार्ने सबै मानव तस्करहरुलाई कानुनी कारबाहि गर्नुपर्ने ।
४-कुनै पनि देशमा नेपाली कामदार काम गर्न पठाउँदा उनिहरुको मानव अधिकारको हनन् नहुने गरी उनिहरुको पासर्पोट नै पासमा रहने ब्यवस्था मिलाउने ।
५-कुनै पनि नेपाली नागरीक हरुको जीवन बिमाको ग्यारेन्टि नेपाल सरकारले लिनुपर्ने ब्यवश्था मिलाउनुपर्ने ।
६-मलेशियाका लागि नयाँ सामुही गर्दा नेपाली कामदारहरुका लागि मासिकरुपमा बेसिक तलब एकहजार भन्दा कममा कामदार नपठाउनुपर्ने सम्झौता हुनुपर्ने ।
७- नेपाली कामदारहरुको खुन पसिनामा बिल्डीङ्ग बनाउने दलालि प्रथाको रुपमा स्थापित भएका सबै म्यानपावरहरु खारेजि गरिनुपर्ने ।
८-आफ्ना नागरिकहरुलाई कुनै पनि देशमा कामगर्न पठाउदा सम्बन्धित जिल्ला प्रशासनको मातहतबाट डिमान लिने दिने ब्यवस्था मिलाउनु पर्ने ।
९-कुनै पनि देशमा आफ्ना नागरीकहरु कामगर्न पठाउदा सम्बन्धित देशको बारेमा नेपाल सरकार र उक्त देशमा पठाईएको नेपाली दुताबास सम्बन्धित देशको अवस्था र मजदुरहरुले काम गर्ने कम्पनीको बारेमा विस्तृत जानकारी पठाए पश्चात श्रम स्विकृत दिनुपर्ने ।
१०- महिला कामदारहरुलाई काम गर्न पठाउदा नेपाली दुताबास र मलेशिया भरिरहेका श्रमिकहरुको सुझाव अनुसार दुतावासले तोकेको बे्रट एरीयामा मात्र पठाउनुपर्ने ।
११-नेपालदेखि मलेशिया पठाउदा भएको चर्को उडान भाडा घटाउनुपर्ने ।
१२-कुनै पनि देशबाट कामगरेर फर्किएका नागरीकहरुको सिप र साधनको सदुपयोग गर्न स्वदेश फर्कि सकेकालाई आक्षणको ब्यवस्था गरि श्रमिक सिपमुलक उद्योग धन्दाहरुको संचालन गर्नुपर्ने ।
१३-मलेशियामा नेपाली मजदुरहरु काम गर्ने स्थानमा वा होष्टेलमा किन सुतेको सुत्यै हुन्छन् त्यसका लागि नेपाली दुताबास र नेनपाल सरकारले श्रमिकहरु बस्ने र काम गर्ने कम्पनीको निरक्षण गर्न मलेशिया स्थित घुम्ते टोलिको गठन गरिनुपर्ने ।
१४- नेपाल सरकारले नेपाली यूवाहरुलाई बिदेश पलाएन हुनबाट रोक्न र सोदेशमै रोजगारीको ग्यारेन्टि गरिनुपर्ने ।
१५- नेपालमा भएका जडिबुटी बन्यजन्तु र जलश्रोतको सदुपयोग गरी सरकारी मतहतबाट उक्त श्रोत भित्रबाट उद्योग धन्दा संचालन गरिनुपर्ने ।
१६- नेपाली किसान मजदुरहरु उत्पादन गरेका खाद्यन वस्तुहरुको बजारी करण को ब्यवश्था नेपाल सरकारले गर्नुपर्ने ।
१७- नेपाललाई संघीय गणतन्त्रबाट टुक्रउने न दिन सबै राजनितिक पार्टिहरुले गम्भिर भएर सोच्नुपर्ने ।
१८-नेपालमा लोकतान्त्रिक गणातन्त्रको स्थिापनालाई संस्थागत गर्न र नेपाली श्रमजिवी सर्वहारा वर्गको उद्धारका लागि नेपालको सबैभन्दा ठुला राजनितिक पार्टि ने।s।पा। माओबादीको नेतृत्वमा बाँम पन्थिहरुको सरकार गठन गरीनु पर्ने ।

Copyright 2008 © Nepalmalaya.com
All rights reserved.
Site designed and mentained by -Y-A-I-R-L-